एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ ,  नेकपा (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाउनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली गएराति कम्बोडिया हुने निर्वाचनको पर्यवेक्षकका लागि त्यसतर्फ जानुभएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई दिनुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्यक्ष ओलीले संसदीय दलको कार्यवाहक नेताकोे जिम्मेवारी उपनेता सुवासचन्द्र नेम्वाङलाई दिनुभएको छ । अध्यक्ष ओली गएराति ११ः०० बजे पत्नी राधिका शाक्य, पार्टीको उपमहासचिव विष्णु रिमाल, उहाँका स्वकीय सचिव राजेश बज्राचार्यसहित कम्बोडिया प्रस्थान गर्नुभएको थियो । उहाँ यही साउन ८ गते स्वदेश फर्कनुहुने छ ।–

प्रतिक्रिया दिनुहोस्

Array