सरकारले ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लागि थप दुईवटा अस्पतालमा सेवा विस्तार

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं, सरकारले ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लागि थप दुईवटा अस्पतालमा सेवा विस्तार गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यस आर्थिक वर्षमा कीर्तिपुर बर्न अस्पताल र नरदेवी आयुर्वेद अस्पताल गरी दुईवटा अस्पतालमा ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार गर्न सेवा विस्तार गरेको हो ।  यसअघि सरकारले ६० वटा अस्पतालबाट ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा प्रदान गर्दै आएको थियो ।

 दुई वटा अस्पतालमा सेवा विस्तार गरेसँगै देशभरका ६२ वटा अस्पतालबाट ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array