जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं,  २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा  हुम्ला, ताजाकोट गाउँपालिका(२ बस्ने ३६ वर्षीय पुनिमल लुहारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लुहारले ती महिलालाई सोही गाउँपालिका(१ जिउछास्थित भेडी गोठमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ताजाकोट छप्रेलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दाङ, ७३ वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका(१५ बस्ने ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका(७ बस्ने २० वर्षीय रेशम बिकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका(५ बसपार्कस्थित पार्किङ गरी राखेको ना।४ ख ७८४८ नम्बरको गाडीभित्र उनीहरूले ती महिलालाई गएराति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट तुलसीपुर बसपार्क र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array