सदस्य–सचिव र मन्सुरीबीच भेट

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं,  राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र जर्मनीबाट नेपाल आएका जुडो प्रशिक्षक मोहम्मद मन्सुरीबीच शुक्रबार भेटघाट भएको छ । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने जुडो खेलाडीलाई प्रशिक्षण दिन मन्सुरी दुई दिनअघि नेपाल आएका हुन् ।
भेटका अवसरमा सदस्य–सचिव घिसिङले मन्सुरीसंग प्रशिक्षणको योजनालगायतका बारेमा जिज्ञासा राख्दै प्रशिक्षणमा परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
इरानका पूर्व मुख्य प्रशिक्षक सातौं डान मन्सुरीलाई अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) ले पठाएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।
‘तत्कालका लागि उहाँ (मन्सुरी) लाई १९ औं एसियाली खेलकुदको तयारीमा केन्द्रीत गराउने छौं । थप कुरा एसियाली खेलकुद पछि हुनेछ ।’– अध्यक्ष वज्राचार्यले भने ।
हाङझाव एसियाडका लागि जुडोबाट समान ४–४ पुरुष÷महिला गरी ८ खेलाडी प्रशिक्षणमा छन् । उनीहरुले नयाँबजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल केन्द्र (एमएमएसी) मा दिनको २ चरणमा प्रशिक्षण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array