व्यवसाय तथा फेन्चाईज खरिद–विक्रीका लागि अनलाईन प्लेटफर्म ‘विजनेष्ट बजार’ सञ्चालनमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ श्रावण २०८०, शुक्रबार
3 Min Read
Aa

काठमाडौं,  नवोदित कानुन व्यवसायी र अडिटर्सहरुको समूहले सूरु गरेको विजनेष्ट बजार गत असार १० गतेदेखि सञ्चालनमा रहेको छ । विजनेष्ट बजारमा साल्ट विजनेस सोलुसन प्रा. लि र कमर्सियल ल एण्ड कर्पोरेट लेसिस्लेसन प्रा.लि. को संयुक्त लगानी रहेको छ ।
विजनेष्ट बजार एक ई–कमर्स बेस्ड अनलाईन प्लेटफर्म हो । यसमा कुनै पनि व्यवसाय खरिद गर्नु परेमा वा बिक्री गर्नु परेमा वेभसाइटमा गई आफ्नो प्रोफाईल क्रियट गरेर गरेर बिक्रीका लागि सूचीकृत गर्न सकिने छ । खरिद गर्नका लागि लिष्टिङमा रहेका व्यवसायहरूमध्येबाट छनौट गरेर खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
विजनेष्ट बजार सञ्चालनका आएको २५ दिनको अन्तरालमा २० भन्दा बढी कम्पनी तथा फ्रेन्चाईज सूचीकृत भैसकेको संस्थापक एवं सञ्चालक अरुण सत्यालले बताए । साथै कसैले विजनेष्ट बजारमार्फत आफूले सञ्चालन गरेको व्यवसायका फेन्चाईजलाई नेपालभर फैलाउन चाहेमा पनि सूचीकृत हुन सकिने सत्यालले बताए ।
आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विजनेष्ट बजारका संस्थापक तथा सञ्चालकहरुले व्यवसायको मूल्याकंन गर्न, व्यवसायका नयाँ आयामहरू पत्ता लगाउन, आफ्नो व्यवसाय संचालनका लागि व्यवसायीलाई सवल, सक्षम र सफल बनाउनका लागि आवश्यक स्रोत, साधनका जानकारी साथै व्यवसायिक सशक्तीकरण गरी नेपालमा व्यापार व्यावसाय गरेर बसेका उद्यमीलाई व्यावसायिक लक्ष्य प्राप्त गर्न सहजीकरण गर्ने मिसन लिएर विजनेष्ट बजारको सुरुवात गरिएको बताए ।
विजनेष्ट बजारको सिईओ कृष्ण पाल रहेका छन् भने अन्य संस्थापक तथा सञ्चालकहरुमा आवेश अधिकारी, अरुण सत्याल, रमण पुलामी, सुरज कुमार खड्का, प्रविन श्रेष्ठ, कुमार शन्तनु सिंह, सञ्जय खनाल रहेका छन् ।
विजनेष्ट बजार सञ्चालनका आउनका उद्देश्यहरु व्यापार, व्यवसाय, उद्यम तथा फ्रेन्चाईजहरूको विकास गर्नु रहेको सञ्चालक सत्यालले बताए ।
साथै, आफ्नो व्यवसाय खरिद÷बिक्री गर्नका लागि प्रोत्साहन गर्नु, उक्त कार्यका लागि प्लेटफर्म प्रदान गर्नु, व्यापारिक बजार तथा फ्रेन्चाईज व्यवसायसँग सम्बन्धित सम्पूर्ण कानूनी सेवाहरू एउटै प्लेटफर्म अन्तर्गत उपलब्ध गराउनु विजनेष्ट बजार सञ्चालनको उद्देश्य रहेको उनले बताए ।
व्यावसायिकस्तरमा सबल तथा सफल आर्थिक अवस्था सुनिश्चित् गर्ने उपायहरू प्रयोग गर्न सक्षम बनाउनुपनि विजेनेष्ट बजार सञ्चालनको उद्देश्य रहेको उनको भनाई छ ।
विजनेष्ट बजारको सिईओ कृष्ण पालले विजनेष्ट बजारमा कसैले आफ्नो व्यवसाय वा फेन्चाईज विक्रीका लागि सूचीकृत गर्न सक्ने बताए । विजनेष्ट बाजर प्लेटफर्म मार्फत उक्त व्यवसाय खरिद गर्नसकिने उनले बताए ।
संस्थापक तथा सञ्चालक आवेश अधिकारीले अब विजनेसहरु पनि खरिद विक्री गर्न मिल्छ र फेन्चाईजहरु पनि खरिद विक्री हुन्छ भन्ने कन्सेप्ट स्थापित गराउनु विजनेष्ट बजार सञ्चालनको उद्देश्य रहेको बताए ।
‘व्यापार व्यवसायहरु पनि खरिद विक्री गर्न मिल्छ । फेन्चाईज पनि नेपालमा खरिद विक्री भइराखेको छ । फेन्चाईजलाई नेपाली मार्केटले आझै विस्तृत रुपबाट लानुपर्छ भन्ने उद्देश्यबाट विजनेष्ट बजारको सुरुवात भएको हो । कानुन व्यवसायी र फाईनन्सियल एड्भाईजर्सहरु सँगको करिब एक÷डेढ वर्षको मन्थनबाट यो प्रोडक्टको रुपमा आएको छ,’– संस्थापक तथा सञ्चालक अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्

Array