जुत्ता र गार्मेन्टको सामानसहित दुईवटा ट्रक नियन्त्रणमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ श्रावण २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं,  सशस्त्र प्रहरी र राजश्व अनुुसन्धान कार्यालयको संयुक्त टोलीले करीब १ करोड ८४ लाख ५१ हजार १ सय ९२ रुपैयाँ बराबरको जुत्ता र गार्मेन्टको सामानसहितको दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।
सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व–पश्चिम लोकमार्गबाट साउन ४ गते प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर र राजश्व अनुुसन्धान कार्यालय ईटहरीले ना ५ ख ४३१ नम्वरको कन्टेनर ट्रक नियन्त्रणमा लिएको हो ।
यसैगरी सुुनसरी जिल्लाको कोशी गाउँपालिका ३ जमुवा चोकस्थित पूर्व–पश्चिम लोकमार्गबाट साउन ४ गते बिओपी श्रीपुुर र राजश्व अनुुसन्धान कार्यालयले जुत्ता र गार्मेन्टको सामानसहितको ना ३ ख ४५७९ नम्वरको कन्टेनर ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा मोरङबाट काठमाण्डौंतर्फ आउदै गरेको उल्लेखित ट्रकहरुमा जाँच गर्दा प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी सामान फेला परेपछि नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएको जुत्ता र गार्मेन्टको सामानसहित दुई वटै ट्रक आवश्यक अनुुसन्धानको लागि राजश्व अनुुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।

चोरीपैठारीको विभिन्न सामान बरामद
पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार गेटबाट साउन ४ गते सशस्त्र प्रहरीले करीब २ लाख ४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा, मोवाईल पार्टस्, हार्डवेयर तथा किराना सामान प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजले बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array