दगुर्नेपानीमा तारकेश्वरकै पहिलो अपांगतामैत्री सार्बजनीक शौचालय निर्माण, नगरप्रमुख महर्जनद्धारा साँचो हस्तान्तरण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ श्रावण २०८०, शनिबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं ४ दगुर्नेपानीमा तारकेश्वर नगरपालिकाकै पहिलो अपांगता मैत्री सार्वजनीक शौचालय निर्माण सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ४ को नगरस्तरीय योजनामा अन्तर्गत रु २० लाखको लागतमा निर्माण गरिएको सार्वजनीक शौचालयको आज नगरप्रमुख कृष्ण हरि महर्जनले समुदायलाई साँचो हस्तान्तरण गर्नुभयो । आज देखि सञ्चालनमा आएको उक्त शौचालय भबनमा अपांगतमैत्री शौचालय सहित महिला र पुरुष शौचालय समेत रहेको छ । अपांगतामैत्री शौचालन भित्र अपांगता भएका व्यक्तिहरुलाई नुहाउनको लागि धारा सहितको व्यवस्था रहेको छ ।
तारकेश्वर नगरपालिका भित्र हाल सम्म अपांगता मैत्री सार्वजनीक शौचालनको अभावमा अपांगता भएका व्यक्तिहरुले शौचका लागि निकै समस्या झेल्दै आइरहेका थिए ।

May be an image of 6 people and temple
शौचालयको साँचो हस्तान्तरण गर्नुहुंदै नगरप्रमुख कृष्ण हरि महर्जनले अपांगता मैत्री शौचालयको निर्माणले अपांगता भएका व्यक्तिहरुलाई सौच गर्नका लागि सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । तारकेश्वर नगरपालिकाको १३ औं नगरसभाले सबै वडामा सार्वजनीक शौचालय निर्माण गर्न बजेट बिनियोजन गरेको बताउनुहुंदै नयाँ बन्ने सर्व सार्वजनीक शौचालयहरु अपांगता मैत्री बन्ने बताउनुभयो ।
गरिब, बिपन्न र अपांगता भएका नगरवासीहरुलाई उत्थान गर्न सकेमा मात्र समग्र तारकेश्वरको बिकास हुने बताँउदै नगरप्रमुख महर्जनले आफुहरुले त्यस्ता बर्गहरुको हितका निम्ती लागि परेको बताउनुभयो ।
नगरप्रमुख महर्जनले आफ्नो व्यक्तिगत जीवनमा उतारचढाब आएपनि नगरपालिकाको शिर उच्च बनाउन लागीपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “मेरो व्यक्तिगत जीवनमा उतारचढाब होला, आउला तर म समग्र तारकेश्वर नगरपालिकाको शिर उच्च बनाउन लागि पर्नेछु ।”

May be an image of 6 people and temple
कार्यक्रममा नगर उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले अपांगता भएका व्यक्तिहरुलाई सार्वजनीक स्थानमा नभई आफ्नै घरमा समेत अपांगता मैत्री संरचनाको खाँचो रहेको बताउनुभयो । तारकेश्वर नगरपालिका मार्फत भइरहेको अपांगता भएका व्यक्तिहरुको तथ्यांक संकलनको काम अन्तीम चरणमा रहेको बताँउदै नगरउपप्रमुख अर्यालले आगामी अपांगता भएका व्यक्तिहरुको एकिन तथ्यांक आएपछि नगरपालिकाले त्यसै अनुसारको नीति निर्माण गर्ने बताउनुभयो ।
तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरेले अपांगा भएका व्यक्तिहरुप्रति समाजले हेर्ने दृष्टीकोणमा परिवर्तन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष नरेन्द्रदास श्रेष्ठले अपांगता मैत्री शौचालन निर्माणमा मध्यवर्ती क्षेत्रसंग निकै संघर्ष गर्नुपरेको बताँउदै शौचालयलाई सकेसम्म निशुल्क रुपमा सञ्चालन गरिने बताउनुभयो ।

May be an image of 10 people

May be an image of hospital and textMay be an image of 3 people, train and temple

No photo description available.May be an image of 2 people, hospital and text

प्रतिक्रिया दिनुहोस्

Array