बारा घटनापति नेपाली कांग्रेसद्वारा घोर निन्दा र भत्र्सना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं, नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाराका सचिव एवं सामाजिक अभियन्ता भैयाराम प्रसाद यादव र नेकपा एसका उपसचिव धु्रव यादव लगायतका व्यक्तिहरु जिल्ला प्रहरी कार्यालय बारामा सवारी साधन दुर्घटनाको विषयमा सहजिकरण गर्न जाँदा श्रावण २ गते सुरक्षाकर्मीले उहाँहरुमाथि गरेको दुव्र्यवहार र निर्घात कुटपिट पछि उत्पन्न आन्दोलन पश्चात पनि दोषीमाथि हालसम्म पनि कार्वाही नभएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ ।

सामाजिक अभियन्ता माथि भएको यो दुव्र्यवहारको घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । घटनाको यथार्थ छानविन गरी संलग्न दोषीलाई कानूनी कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको व्यवस्था गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ । नेपाली कांग्रेस घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

Array