धरानमा इमर्जेन्सीमा आउने डेंगुका बिरामीकोे चापमा अत्याधिक वृद्धि, छुट्टै डेंगु वार्ड संचालनमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

सुनसरी, सुनसरी जिल्लाको धरान लगायत वरपरका अन्य जिल्लाहरुमा व्यापकरुपमा फैंलिदै गएको डेंगु ९म्भलनगभ ँभखभच० रोगको प्रकोपको नियन्त्रण तथा सर्वसाधारणले सहजरुपमा उपचार पाउन सकुन् भन्ने उद्देश्यले प्रतिष्ठान तथा धरान उपमहानगरपालिकाको सहकार्यमा २०८० असार २९ गतेदेखि प्रतिष्ठानको जी.ओ.पी.डी. भवन अगाडि छुट्टै डेंगु क्लिनिक संचालनमा ल्याइएकोमा श्रावण ७ गतेसम्म ८ सय १९ जनाको परिक्षण गर्दा ६१५ जना (७५५) मा डेंगु संक्रमण देखिएको छ ।
डेंगु संक्रमित भई प्रतिष्ठानमा उपचारका लागि भर्ना हुने बिरामीहरुको बढ्दो चापलाई मध्यनजर गरी २०८० श्रावण ७ गतेदेखि छुट्टै डेंगु वार्ड संचालनमा ल्याएकोछ । इमर्जेन्सीमा आउने डेंगुका बिरामीकोे चापमा अत्याधिक वृद्धि हु“दा कुनैपनि बिरामी उपचार सेवाबाट वंचित नभई सहजरुपमा उपचार सेवा पाउन तथा अन्य रोगका बिरामीहरुको उपचार सेवामा समेत असर नपरोस् भन्ने उदेश्यले प्रतिष्ठानको कोभिड अस्पताल भवनमा (धर्मशालाको पूर्वपट्टी) हाललाई ३० (तीस) वेडको छुट्टै डेंगु वार्डको व्यवस्था गरिएकोछ । प्रतिष्ठानको इमर्जेन्सीमा वा ओ.पी.डी.मा उपचारका लागि आएका डेंगुका विरामीहरु मध्ये सिकिस्त विरामीहरुलाई आई.सि.यू., इमर्जेन्सी र अन्य वार्डहरुमा उपचारार्थ राखिने छ भने त्यस बाहेक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने डेंगुका बिरामीहरुलाई सो वार्डमा भर्ना गरी उपचार गरिने छ । हाल कोभिड अस्पतालमा संचालनमा ल्याइएको डेंगु वार्डमा विरामीको चाप र आवश्यकतालाई मध्यनजर गरी भविष्यमा वेड क्षमता विस्तार एवम सघन उपचार सेवा (आइ.सि.यू) समेत संचालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array