अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट आठ जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

धादिङ, गल्छी गाउँपालिका(७ बुद्वपार्कस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १० केजीसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी सुनवल नगरपालिका(१२ बस्ने ३६ वर्षिय ईन्द्र बहादुर डाला मगर र १९ वर्षीय आशिष विक रहेका छन् । प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले उनीहरूलाई गाडीको प्रतीक्षा गरिरहेको अवस्थामा उक्त गाँजासहित पक्राउ गरेको हो ।
यसैगरी धादिङ, बेनिघाट गाउँपालिका(५ बिशालटारबाट अवैध लागूऔषध गाँजा करिब ६ केजीसहित ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका(२० मालेपाटन बस्ने २० वर्षिय भुमिजङ खड्का, धादिङ निलकण्ठ नगरपालिका(६ घर भई पोखरा न्युरोड बस्ने २८ वर्षीय सुमन लम्साल र ओखलढुङ्गा लिखु गाउँपालिका(४ घर भई पोखरा लेकसाइड बस्ने ३४ वर्षीय विकास बस्नेत रहेका छन् । प्रहरी चौकी बेनिघाटबाट खटिएको प्रहरीले ग।१८ प ७११३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका(३ व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ५० मिलिग्रामसहित सोही उपमहानगरपालिका(४ बस्ने ३७ वर्षीय बिरेन्द्र खड्कासमेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array