तारकेश्वर पछि काठमाण्डौं महानगरका वडा अध्यक्ष सामुदायिक विद्यालय व्यवस्थान समितिको अध्यक्ष बन्दै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ श्रावण २०८०, सोमबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । काठमाडौँ महागरपालिका भित्रका सामुदायिक विद्यालयहरुको व्यवस्थापन समितिका अध्यक्ष अब सम्बन्धीत वडाका अध्यक्षहरु हुने भएका छन् ।
महानगरपालिकाको गत असार ३० गते सम्पन्न नगरसभाले आफू मातहतका सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) भङ्ग गरेर सम्बन्धित वडाका अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको छ । महानगरपालिका भित्र ३२ वटा वडामा ८९ वटा सामुदायिक विद्यालयहरु रहेका छन् ।
विद्यालय व्यवस्थापन समिति गठन गर्ने नाममा सामुदायिक विद्यालयहरुमा चरम राजनीतिक ध्रुविकरण हुंदा शैक्षिक गतिविधिहरु समेत प्रभावीत हुंदै आइरहेका थिए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि विद्यालय व्यवस्थापन समितिको समेत महत्वपुर्ण योग्दान रहने निष्कर्ष सहित एक बर्ष अगाडी काठमाण्डौं जिल्लामानै पहिलो पटक तारकेश्वर नगरपालिकाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सम्बन्धीत वडाका वडा अध्यक्ष वा अध्यक्षले तोकेको निर्वाचीत सदस्य व्यवस्थापन समितिको अध्यक्ष रहने व्यवस्था गरेको थियो । तारकेश्वर नगरपालिका समुदायिक विद्यालयहरुमा गरिएको यस प्रकारको प्राक्टीस सफल भएपछि महानगरले समेत यसलाई अनुसरण गरेको हो । निकै कम बोल्ने र संगत थोरैको मात्र गर्ने बानी रहेका महानगरका प्रमुख बालेन शाह र तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको निकै राम्रो दोस्ती बनेको छ । कुनै सेवा र सुविधा नलिई तारकेश्वरको विकासमा लाग्दै आउनुभएको नगरप्रमुख कृष्ण हरि महर्जनलाई बालेनले असल नेताको रुपमा सम्मान समेत गर्ने गरेका छन् । बालेन र कृष्ण हरि महर्जनको दोस्तीसंगै तारकेश्वर नगरपालिकामा भएका राम्रा कामहरुलाई महानगरले समेत लागु गर्न थालेको छ ।
तारकेश्वर नगरपालिकामा निर्वाचीत भएर आएसंगै नगरप्रमुख कृष्ण हरि महर्जनले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि निरन्तर प्रयासहरु गदै आइरहनु भएको छ । शिक्षा क्षेत्रमा गत आर्थिक बर्षमा ८ करोड रकम बिनियोजन गरेको तारकेश्वर नगरपालिका शिक्षा क्षेत्रमा सर्वाधीक लगानी गर्ने स्थानीय निकायको रुपमा रहेको छ । यस बर्ष पनि अन्य क्षेत्रमा बजेट कटौती गरेपनि शिक्षा क्षेत्रमा भने झण्डै एक करोड रकम थप गरेर चालु आर्थिक बर्षका लागि शिक्षा क्षेत्रमा मात्र ९ करोडको बजेट बिनियोजन गरिएको छ ।
काठमाण्डौं महानगरले समेत तारकेश्वर नगरपालिकाले एक बर्ष अघि समुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सम्बन्धीत वडाका अध्यक्षहरुनै अध्यक्ष रहने व्यवस्था लागु गर्न लागेसंगै तारकेश्वरमा यसको बिरोधमा उठने गरेका छिटफुट आवाजहरुलाई गतिलो जबाफ दिएको छ । तारकेश्वर नगरपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सम्बन्धीत वडाका अध्यक्षहरुनै अध्यक्ष रहने व्यवस्था गरिएसंगै शिक्षाको गुणस्तरमा समेत सुधार आउन थालेको छ । तारकेश्वर नगरपालिकाले यस बर्ष देखि नगरभित्रका उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयलाई स्कुल बस किन्न अनुदान दिने व्यवस्था समेत गरेको छ । गत बर्ष देखि नगरपालिकाले कक्षा ८ को परिक्षामा तारकेश्वरका संस्थागत विद्यालयका विद्यार्थीहरुको परिक्षा पुस्तीका समेत सामुदायिक विद्यालयका शिक्षकले चेक गर्ने व्यवस्थाको सुरुवात गरेको छ ।
ललितपुर महानगर सहित देशका अन्य केहि स्थानीय निकायमा समेत सामुदायिक विद्यालयका व्यवस्थान समितिमा सम्बन्धीत वडाका अध्यक्षनै अध्यक्ष रहंदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array