आफ्नै श्रीमतीको हत्या

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

सप्तरी, आफ्नै श्रीमती ३० वर्षीया पार्वती देवी खङको हत्या गरेको अभियोगमा महादेवा गाउँपालिका(२ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरू बीच घरायसी वादविवादको कारण झैं(झगडा तथा कुटपिट हुँदा पार्वती गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते पार्वतीको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रापरूपकी आमा ६१ वर्षीया समतोलिया खङको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array