अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित बंगलादेशी नागरिक पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १० हजार र बंगलादेशी टाका ४९ हजारसहित बंगलादेशी नागरिक ३९ वर्षीय जहङ्गीर आलोमलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विमान बंगलादेश एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट बंगलादेश जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको व्यागबाट उक्त विदेशी मुद्रा फेला परेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array