गएरातिदेखि परेको अबिरल वर्षाका कारण छ ठाउँमा सडक अवरोध

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं,  गएरातिदेखि परेको अबिरल वर्षाका कारण पहिरो जाँदा नुवाकोट, प्यूठान, पाल्पा, म्याग्दी, बैतडी र रोल्पा गरी ६ ठाउँमा मंगलबार बिहान सडक अवरोध भएको छ ।
वर्षाका कारण सडक भासिएर नुवाकोट ककनी गाउँपालिका(१ ओखरपौवा गैरी टोलस्थित पासाङ ल्हामु राजमार्ग तथा पहिरो गएर प्यूठान माण्डबि गाउँपालिका(१ गर्जेनिस्थित भालुबाङ प्यूठान सडक खण्ड, पाल्पा तिनाउ गाउँपालिका(३ ड्याम साईट नजिकै सिद्धार्थ राजमार्ग तथा सोही गाउँपालिका(३ झुम्सा पानीमिल नजिकै सिद्धार्थ राजमार्ग, म्याग्दी रघुगंगा गाउँपालिका(३ बैसरीस्थित बेनी जोमसोम सडक, बैतडी सिगास गाउँपालिका(९ स्थित जय पृथ्वी राजमार्ग खोड्पे बझाङ सडक खण्डको श्रीभावर भन्ने स्थान र रोल्पा थवाङ गाउँपालिका(२ गोलचौरस्थित शहिदमार्गमा सडक अवरोध भएको हो ।
पहिरो गएका स्थानहरुमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array