रेडी ट्रेडको गोदाममा छापा , केही कार्टुन ‘ब्रेक शु’ बरामद : राजस्व अनुसन्धान विभाग

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं,   राजस्व अनुसन्धान विभागको टोलीले बुधबार काठमाडौंको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा छापा मारेको छ।

गोदाममा छापा मारेर विभागले केही कार्टुन ‘ब्रेक शु’ बरामद गरेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिनुभयो।

यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको झण्डै १०० किलो सुन त्यही रेडी ट्रेड प्रालिको नाममा आएको थियो। त्यसैले सुन लुकाएको आशङ्कामा विभागले आज छापा मारेको हो। त्यहाँबाट विगतमा बरामद गरिएको जस्तै कार्टुनमा सामान बरामद गरिएको छ।

यसैबीच विभागले सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा नुवाकोटका दिनेश तामाङलाई पनि आज पक्राउ गरेको महानिर्देशक ढुङ्गानाले जानकारी दिनुभयो। उनीमाथि तस्करहरूलाई गोदाम खोजिदिएको आरोप लागेको बताइएको छ।

उनीसहित अहिलेसम्म विभागले १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। अनुसन्धान र थप आरोपीको खोजतलास जारी रहेको विभागले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

Array