नेपालको राहदानी विश्वका राहदानीहरूमध्ये ‘आठौं कमजोर’ राहदानीको रुपमा सूचीकृत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ श्रावण २०८०, बिहीबार
4 Min Read
Aa

काठमाडौं,  नेपालको राहदानी विश्वका राहदानीहरूमध्ये ‘आठौं कमजोर’ राहदानीको रुपमा सूचीकृत भएपछि यसबारे चर्चा बढेको छ । ‘द हेन्ली राहदानी इन्डेक्स’ले विश्वका सबैभन्दा शक्तिशाली तथा कम शक्तिशाली राहदानीको नाम सहितको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा विश्वका शक्तिशाली राहदानीहरूको सूचीमा नेपाल ९९ औं स्थानमा परेको छ । ‘द हेन्ली राहदानी इन्डेक्स’ले गरेको सर्वेक्षणमा विश्वका शक्तिशाली राहदानीको सूचीमा नेपाली राहदानी अन्तिमबाट आठौं स्थानमा परेको हो ।उक्त सूचीका अनुसार नेपालको राहदानीको स्तर इरान, सुडान, लिबिया र उत्तर कोरिया भन्दा पनि कमजोर देखिएको छ ।

एक सय ९९ वटा राहदानी अनि २२७ विभिन्न यात्रा गन्तव्यको सूचीमा नेपालको राहदानी ९९ औँ स्थानमा छ। प्यालेस्टिनी भूभाग र नेपालको समानअङ्क छ। विश्वकै कम शक्तिशाली सूचीमा रहेको नेपालको राहदानीले ३८ देश तथा क्षेत्रमा प्रवेश पाउन सकिन्छ । नेपालको राहदानी भन्दा सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तानको राहदानी कमजोर देखिएका छन् । उक्त सूची अनुसार सबैभन्दा कमजोर राहदानी अफगानिस्तानको छ । सूचीको १०४औं अर्थात अन्तिममा स्थानमा रहेको अफगानस्तानको राहदानीले २७ वटा मुलुकमा मात्रै अनअराइभल भिसा लाग्छ । १०० नम्बरमा रहेका सोमालिया र यमनको राहदानीले ३५, १०१ स्थानमा रहेको पाकिस्तानको राहदानीले ३३, १०२ स्थानमा रहेको सिरियाको राहदानीले ३० र १०४ स्थानमा रहेको इराकको राहदानीले २९ देशमा मात्रै अनअराइभल भिसा पाउँछ । यी मुलुकभन्दा उत्तर कोरियाको राहदानी शक्तिशाली देखिएको छ । उत्तर कोरियाको राहदानीले ३९ मुलुकमा अनअराइभल भिसा पाउँछ । बंगलादेशले ४०, श्रीलंका र लिबियाले ४१ तथा कोसोभोले ४२ देशमाअनअराइभल भिसा पाउँछन् । सन् २०२३ का लागिपहिलो नम्बरमा सिंगापुरको राहदानी सबै भन्दाशक्तिशाली घोषित भएको छ। एक नम्बरमा रहेको सिंगापुरको राहदानीले १९२ देश तथा क्षेत्रमा प्रवेश गर्न सकिन्छ।

१९० देश प्रवेश पाउने जमर्नी, इटाली र स्पेनको राहदानीभने दोस्रो स्थानमा छन्। अष्ट्रिया, फिनल्याण्ड, फ्रान्स,लक्जबमबर, दक्षिण कोरिया, जापान, स्वीडेनको १८९ देशमा पहुँच पाउने राहदानी तेस्रो स्थानमा छ। त्यस्तै आठौँ स्थानमा रहेको अमेरिकाको राहदानीले भने १८४ देश तथा क्षेत्रमा प्रवेश गर्न सकिन्छ। यो सूची कुन देशको राहदानी बोकेका व्यक्तिले कतिवटा यात्रा गन्तव्यस्थलमा सहज रूपमा प्रवेश पाउँछन् भन्ने कुरामा आधारित छ।

नेपाली राहदानी कमजोर देखिनुमा विदेश जाने नेपालीहरुको गम्भीर लापरबाही नै रहेको देखिने गरेको छ । नेपालीहरूले एउटा उद्देश्य लिएर विदेश जाने र त्यहाँ पुगिसकेपछि अर्को उद्देश्यले काम गर्ने कारणले पनि नेपाली राहदानी कमजोर देखिएको राहदानी विभागको अनुमान छ । ‘नेपालीहरु तीनमहिना या ६ महिनाको लागि भनेर निश्चित कामको लागि जाने र उतै बस्ने बढेको देखिन्छ ।’ – राहदानी विभागकी निर्देशक दुरपदा सापकोटा भन्छिन्– ‘यसरी नेपालीहरुको उक्त देशको कानून भन्दा विपरीत कामगर्दा त्यो देशले थाहा पाएर भीषा दिन छाडेको हो कि जस्तो लाग्छ ।’

जिम्मेवार रहने पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द लोहनी बताउँछन् । ‘प्रतिव्यक्तिआम्दानी बढी भएको देशको राहदानी बलियो हुन्छ । धनीदेशको पर्यटकले सजिलै भीसा पाउँछ । किनकी उँ अर्को देशमा पैसा खर्च गर्न जाने हो । त्यसो हुँदा जसले पनि भीसा दिन्छ । हामी पनि अमेरिकाबाट कोही पर्यटक आए भने खुशी हुँदै एयरपोर्टमा माला लगाइदिन जान्छौं, त्यस्तै हो यो पनि ।’– डा. लोहनी भन्छन् । राजनीतिक अस्थिरताको सबालमा पनि नेपाल कमजोर हुँदा राहदानी कमजोर हुने उनको विश्लेषण छ ।

सरकारी कागजपत्र बनाएर कामका लागि जाने, निश्चित अवधीका लागि गएकाहरुको अवधी सकिएपछि यूरोप लगाएतका अर्कै देशमा जाने र कानूनसम्वंत नबस्ने गतिविधिले पनि बिस्तारै नेपाली राहदानीको विश्वसनीयता घटाइरहेकोबारे प्रश्न उठ्ने गरेको छ ।

खसोखास

प्रतिक्रिया दिनुहोस्