दुर्गम र अति दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगममा आउनका लागि नौ दिन भित्र निवेदन पेश गर्न आग्रह

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम र अति दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगममा आउन नौ दिनको समयसीमा दिएको छ । निजामती सेवा ऐनले तोकेको समयसीमामा अति दुर्गम र दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगम क्षेत्रमा सरुवा भई आउन नौ दिनको समयसीमा दिएको हो ।

मन्त्रालयले बिहीबार सूचना जारी गरी त्यस्ता कर्मचारीलाई नौ दिनभित्रमा निवेदन दिन आग्रह गरेको हो । मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगममा र सुगममा कार्यरत कर्मचारीलाई दुर्गम क्षेत्रमा पठाउन नौ दिनभित्र निवेदन दिन कर्मचारीलाई आग्रह गरेको छ । कर्मचारी सरुवामा देखिएको विद्यमान विकृति हटाउँदै सरुवालाई व्यवस्थित बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको निर्देशनमा मन्त्रालयले सूचना जारी गरेको मन्त्रालयका उपसचिव खिलराज राईले जानकारी दिनुभयो ।

निजामती सेवा ऐनमा उल्लिखित व्यवस्था अनुसार विभिन्न भौगोलिक क्षेत्रका कार्यालयमा कार्य गर्न इच्छुक भएका कर्मचारीले पिआइएस अद्यावधिक गरी नौ दिनभित्र निवेदन पेस गर्न सूचना जारी गरेको मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले सरुवा व्यवस्थापनका लागि प्रत्येक निजामती कर्मचारीले आफ्नो सम्पूर्ण विवरण सात दिनभित्र अनिवार्य रूपमा अद्यावधिक गर्नसमेत निर्देशन गरेको राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array