रक्षामन्त्रीद्वारा सेनाको मध्य एयर वेश भ्रमण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ श्रावण २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गौचरणस्थित सैनिक हवाई सेवाअन्तर्गत मध्य एयर वेशको निरीक्षण भ्रमण गरेका छन् । उनलाई मध्य एयर वेशमा प्रधान सेनापति प्रभुराम शर्माले स्वागत गरेका थिए ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्रीलाई सैनिक हवाई सेवा प्रमुख, पाइलट उपरथी आशिष नरसिंह राणाले सैनिक हवाई सेवाको वस्तुस्थितिलगायत सैनिक हवाई सेवाका विविध गतिविधिबारे जानकारी गराए ।

सोही अवसरमा रक्षामन्त्री खड्काले मध्यएयर वेशमा रहेका सैनिक हवाई साधन तथा अन्य महत्त्वपूर्ण उपकरणको अवलोकन गरे । उनले सैनिक हवाई सेवाबाट विपद् उद्धार, विकास निर्माणलगायतका क्षेत्रमा सम्पादन भएका कार्यको उच्च प्रशंसा गर्दै आगामी दिनमा उच्च मनोवलका साथ कार्य गर्न निर्देशनसमेत दिए ।

भ्रमणकै क्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको अध्यक्षतामा नेपाली सैनिक विमान चार्टर उडान विकास समितिको २५औँ बैठकसमेत सम्पन्न भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यस अवसरमा रक्षा सचिव किरणराज शर्मा, बलाधिकृत रथी सरोज प्रताप राणाउच्च पदस्थ पदाधिकारीलगायत सैनिक हवाई सेवाका अधिकृतको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

Array