नेकपा (माओवादी केन्द्र)ले यही साउन १७ देखि बस्ने पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठनिक प्रतिवेदनबारे आन्तरिक छलफल सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ,  नेकपा (माओवादी केन्द्र)ले यही साउन १७ देखि बस्ने पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठनिक प्रतिवेदनबारे आन्तरिक छलफल सुरु गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा केन्द्रीय कमिटीमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको हो।

पार्टीको संगठन विभाग तथा उपाध्यक्षहरुले तयार पारेको राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल सुरु भएको र त्यसलाई निष्कर्षमा पुर्‍याउनका लागि आइतबार (भोलि) पनि पदाधिकारी बैठक बोलाइएको पार्टीका सचिव चक्रपाणी खनालले जानकारी दिए।

बैठकमा पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि स्थायी समिति बैठक बोलाई त्यसका एजेण्डाहरु टुंगो लगाउने विषयमा पनि नेताहरुबीच सहमति भएको छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल इटाली जानुअघि नै बसेको माओवादी पदाधिकारी बैठकले आसन्न केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठनिक प्रतिवेदनको मस्यौदा तयार पार्ने जिम्मेवारी पार्टीको संगठन विभाग र उपाध्यक्षहरुलाई दिएको थियो।

सोही प्रतिवेदनको मस्यौदामाथि आजको बैठकमा छलफल सुरु गरिएको छ। नेताहरुको सुझावहरुलाई समेत समेटेर अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदनलाई अन्तिम दिने माओवादी केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array