पहिरोका कारण विभिन्न ठाउँमा सडक अवरोध

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं,  मुस्ताङ, थासाङ गाउँपालिका(४ माथिल्लो घाँसा बेनी(जोमसोम सडकखण्ड अन्तर्गत पर्ने कैकु खोलाको कल्भर्ट गएराति अविरल बर्षाको कारणले पानीले बगाई सडक पूर्ण रुपमा अवरोध भएको छ ।
पाल्पा, तिनाउँ गाउँपालिका(३ ड्यामसाईड नजिकै सिद्धार्थ राजमार्गमा आइतबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ ।
म्याग्दी, अन्नपूर्ण गाउँपालिका(२ नैनिबगरस्थित बेनी जोमसोम सडक खण्ड र रघुगंगा गाउँपालिका(३ बैसरीस्थित सडकमा आइतबार बिहान पहिरो जाँदा सडक पूर्ण रुपमा अवरोध भएको छ ।
पहिरो गएका स्थानहरुमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गर्नुका साथै सम्बन्धित निकायसँग समन्वय गरी अवरोध खुलाउन आवश्यक पहल गरिरहेको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array