नेपाल बक्सिङ महासंघको दोश्रो बैठकका निर्णयहरु : एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ । नेपाल बक्सिङ महासंघका महासचिवज्यूको संयोकत्वमा सातै प्रदेश र विभिन्न जिल्लाहरुबाट माग गरी भाद्र महिनाभित्रमा संघको क्यालेन्डर प्रकासित गर्ने र बार्षिक तालिका प्रकाशन गर्ने निर्णय गरियो । यसका लागि ५ सदस्यीय समिति गठन गर्नका लागि महासचिवज्यूलाई जिम्मेवारी दिने निर्णय गरियो ।आगामी १९ औं एशियन गेम्समा स्वर्ण, रजत र काश्य पदक जित्ने खेलाडीहरुलाई क्रमशः दश लाख, पाँच लाख, र दुई लाख पचास हजार महासंघको तर्फबाट प्रदान गरिने निर्णय सर्वसम्मतीबाट गरियो ।नेपाल बक्सिङ महासंघको कोष बृद्धि सम्बन्धमा छलफल गर्दा महासंघका पदाधिकारीहरुबाट रु. १५००० अक्षरुपी पन्ध्र हजार र सदस्यहरुबाट रु. १०, ००० अक्षरुपी दश हजार मात्र सहयोग स्वरुप संकलन गर्ने निर्णय सर्व सम्मतीबाट निर्णय गरियो । साथै मासिक रुपमा पदाधिकारीहरुलाई मासिक ५,०००, अक्षरुप् िपाँच हजार र सदस्यहरुलाई ३,००० अक्षरुपी तीनहजार संकलन गर्ने निर्णय गरियो अक्षय कोष स्थापना गर्ने महासंघको बेवसाईट, खेलाडीहरुको डाटा र दीर्घकालीन योजनाहरुलाई कार्यपत्र प्रस्तुत गरी अपडेट गर्ने कार्यका लागि महासंघको केन्द्रीय सचिव पुस्करराज पन्तलाई जिम्मेवारी दिने निर्णय गरियो । बैठक समापनपछि पोखरामा भएको नेपाल बक्सिङ महासंघको छैटौं साधारण सभा तथा निर्वाचनबाट निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array