अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ श्रावण २०८०, सोमबार
3 Min Read
Aa

काठमाडौं,   कैलालीका विभिन्न ३ ठाउँबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित चार जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये धनगढी उपमहानगरपालिका(२ बस्ने २७ वर्षीय योगेश कुँवर र सोही उपमहानगरपालिका(१ बस्ने २६ वर्षीय कुनाल खड्कालाई करिब ३ सय ५० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका(२ सन्तोषी टोलबाट, जोशिपुर गाउँपालिका(६ सिमरी बस्ने १९ वर्षीय अर्जुन बडायकलाई करिब ३ सय मिलिग्रामसहित सोही ठाउँबाट र टिकापुर नगरपालिका(७ बस्ने २० वर्षीय राम सुरेश चौधरीलाई करिब १ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित भजनी नगरपालिका(५ कव्वाखेडा घाटबाट प्रहरीले पक्राउ गरेको हो ।
झापा, दमक नगरपालिका(५ नारायण गोपाल टोल डेरा गरी बस्ने गौरादह नगरपालिका(५ घर भएका २७ वर्षीय सरोज सुब्बा समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्रामसहित आइतबार दिउँसो ईलाका प्रहरी कार्यालय दमकबाट खटिएका प्रहरीले पक्राउ गरेको छ । यसैगरी मेचीनगर नगरपालिका(६ स्थित मेची पुल छेउबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित बिर्तामोड नगरपालिका(४ बस्ने २० वर्षीय महममताज अलीलाई आइतबार साँझ ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही, बागमती नगरपालिका(११ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १० केजीसहित रौतहट गरुडा नगरपालिका(८ बस्ने ४० वर्षीय रामानन्द साह समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्रउ गरेको छ । इलाका प्रहरी कार्यालय कर्मैया र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको संयुक्त टोलीले प्रदेश ३(०१(०२२ च ६५१५ नम्बरको कारलाई जाँच गर्ने क्रममा डिकीमा लुकाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका(७ चम्मन चौराहबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १ सय मिलिग्रामसहित सोही नगरपालिका(७ सिगलपट्टी बस्ने २४ वर्षीय बिकास बिकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरीया, इलाका प्रहरी कार्यालय रैकवार र अस्थायी ट्राफिक प्रहरी पोष्ट गुलरीयाबाट खटिएको संयुक्त टोलीले से।५ प ७९९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक बिकलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
कपिलवस्तु, मायादेवी गाउँपालिका(४ तुल्सिडिहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्रामसहित वाणगंगा नगरपालिका(१ बैरिया बस्ने ३१ वर्षीय बिबेक थारु समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तुल्सीपुर बलुहवाबाट खटिएको प्रहरीले लु।७७ प १६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array