२१ ओटा दुईपाङग्रे सवारी साधन सम्बन्धित धनीलाई ट्राफिक प्रहरीले हस्तान्तरण गर्‍यो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं,  विभिन्न मितिमा हराएका २१ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज धनीलाई हस्तान्तरण गरेको छ ।
रामशाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज एक कार्यक्रम गरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १३ ओटा मोटरसाइकल र ८ ओटा स्कुटर धनीलाई हस्तान्तरण गर्नु भएको हो ।
यो संगै साउन महिनामा २९ ओटा सवारी साधन धनिलाई जिम्मा लगाइसकेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताउनु भएको छ ।
यस्तै चोरीको मोटरसाइकल सहित साउन १२ गते काठमाडौंको तारकेश्वर नगरपालिका ५ गुम्बाबाट नियन्त्रणमा आएका १ जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।
सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरिएको छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

Array