संवैधानिक परिषद्को बैठक आज बस्दै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गरिने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ श्रावण २०८०, मंगलवार
0 Min Read
Aa

काठमाडौँ– संवैधानिक परिषद्को बैठक आज बस्दै छ। बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने जनाइएको छ । आजको बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेछ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ । पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।  सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरुबीच सहमति नजुट्दा लामो समयदेखि परिषदको बैठक बस्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

Array