सुन तस्करी काण्ड नेकपा माओवादी केन्द्रका नेताहरूको वरिपरि घुमेको दाबी : केपी शर्मा ओली

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ–  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी काण्ड नेकपा माओवादी केन्द्रका नेताहरूको वरिपरि घुमेको दाबी गरेका छन् । पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागको दशौं बैठकलाई सोमबार सम्बोधन गर्दै सुन तस्करी काण्ड माओवादीभन्दा बाहिर जानै नसक्ने जिकिर गरे ।उनले भने, ‘घटनाक्रमहरूले सुनकाण्डमा माओवादीको संलग्नता देखिएको छ । उनीहरूले घटनाक्रमलाई अन्यत्र मोड्न खोजेका छन् । गोदाममा रहेको साढे नौ किलो सुन हरायो? यो भन्दा राज्यशक्तिको भद्दा दुरूपयोग के हुन्छ?’ ओलीले गृहमन्त्री मातहतको मेसिनरीले के हेरेको? भन्दै प्रश्न गरे । ‘यसमा गृहमन्त्रीको संलग्नता छ, त्यसैले हामीले गृहमन्त्रीको राजीनामा मागेका हौं’, ओलीले थपे ।
गृहमन्त्रीको संलग्नता भएकै कारण घटनाक्रमलाई अन्यत्र मोड्न यता उता देखाउने र ‘टार’ र ‘कोट’ को कुरा गरेको आरोप लगाए । सरकारको जिम्मेवार मन्त्रीले अरूमाथि आरोप लगाउँदा पुष्टि गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

Array