आजको कारोबारमा नेप्से परिसूचक २८.५९ अङ्कले घटेर २ हजार ७७.५८ को बिन्दुमा कायम

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ श्रावण २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक २८.५९ अङ्कले घटेर २ हजार ७७.५८ को बिन्दुमा कायम भएको हो ।

नेप्सेका अनुसार आज विभिन्न २ सय ६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता शेयर ४० हजार ८ सय ३७ पटक खरिदबिक्री हुँदा १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ९ सयबराबरको कारोबार भएको छ ।

आजको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक ०.०५ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक २ सय ७४ दशमलव ६४ र जीवन बीमा समूहको उपसूचक २ सय २२.५३ अङ्कले घटेको छ ।

बैंकिङ समूह १२.२३, विकास बैंक ७६.२५, वित्त ४५.०९, होटल तथा पर्यटन १ सय २३, जलविद्युत् २९.९६, लगानी ०.७१ र उत्पादन तथा प्रशोधन समूह ७६.७७ अङ्कले घटेको छ ।

त्यस्तै, लघुवित्त ५४.०९, व्यापार ४४.८३ र अन्य समूह १५.१९ अङ्कले घटेको छ । आजको कारोबारबाट सुपरमादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४.६० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ६.५४ प्रतिशतले घटेको छ ।अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आज सबैभन्दा धेरै ८ करोड ७४ लाख ३ हजार ८ सय ८५ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएको शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको ४ लाख ४ हजार ९ सय ५० कित्ता शेयर किनबेच भएको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array