अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ श्रावण २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौं, कैलाली, कैलालीका विभिन्न ठाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये गोदावरी नगरपालिका(१ बस्ने १८ वर्षीय किशोरसहित ३ जना ३० मिलिग्राम तथा सु।प।प्रदेश ०१(०११ प ५५१६ नम्बरको मोटरसाइकलसहित धनगढी उपमहानगरपालिका(३ स्थित फाप्ला ग्राउण्डबाट, धनगढी उपमहानगरपालिका(८ बस्ने २१ वर्षीय राहुल राना र २० वर्षीय अरुण रानालाई करिब ७ सय मिलिग्राम तथा सु।प।प्र ०१०१० प ९५९६ नम्बरको मोटरसाइकलसहित सोही उपमहानगरपालिका(३ ब्यारेलबाट र गोदावरी नगरपालिका(१ बस्ने २३ वर्षीय तेज साउदलाई करिब ४ सय मिलिग्रामसहित सोही नगरपालिका(१ धनगढी रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको हो ।
कञ्चनपुर, कञ्चनपुरका विभिन्न ठाउँबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये भिमदत्त नगरपालिका(९ ब्रह्मदेव बस्ने ३४ वर्षीय भानुभक्त जोशीलाई करिब २ ग्राम २४ मिलिग्रामसहित सोही ठाउँबाट र भिमदत्त नगरपालिका(१० गड्डा बस्ने जनक बहादुर कार्कीलाई करिब ९ ग्राम १७ मिलिग्रामसहित सोही नगरपालिका(१० भुजेला पुलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका(३० पावरहाउसबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोसहित गोरखा सिरानचोक गाउँपालिका(४ घर भएका २३ वर्षीय विकास सिर्मललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरीले ग।१ ख ४०९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका(८ रंगशाला नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्रामसहित सोही नगरपालिका(२ बस्ने २४ वर्षीय तिर्थ रावतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सिरहा, सिरहा नगरपालिका(१७ पटेर्वा बाँधस्थित सडकबाट करिब ७ किलो गाँजा मंगलबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीलाई देख्नासाथ बीआर ३२ सी ६०२२ नम्बरको मोटरसाइकल छाडेर चालक फरार भएपश्चात् मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको हो । हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array