एनएमबि–कपअन अन्तर स्कुल फुटबल प्रतियोगिता हुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ श्रावण २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं, एनएमबि–कपअन अन्तर स्कुल यु १४ फुटबल प्रतियोगिता यही श्रावण महिनाको २४ गतेदेखि २६ गतेसम्म हुने बुढालनिलकण्ठ नगरपालिका– १० स्थित कपनमा रहेको कपअन स्पोर्ट्स सेन्टरमा हुने भएको छ ।
इन्डोर फुटबल ग्राउन्डमा तीन दिन सञ्चालन हुने यु १४ फुटबल प्रतियोगिताको लागि आयोजक कपअन स्पेर्ट्स सेन्टरले बुधबार एनएमबि बैंकसँग प्रायोजन सम्झौता गरेको छ । सम्झौता–पत्रमा कपअन स्पोर्ट्स सेन्टरका प्रमुख कार्यकारी अधिकृत दामोदर (बद्री) भट्टराई र एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गर्नुभयो । कपअन स्पोर्ट्स सेन्टरले आफ्नै इन्डोर फुटबल ग्राउन्ड (बालुवाखानी, कपन) सहित राजधानीका विभिन्न स्थानमा युवा खेलाडी उत्पादनका लािग काठमाडौं किकर्स फुटबल एकेडेमी सञ्चालन गरिरहेको छ ।
कपनअन स्पोर्ट्स सेन्टरका प्रमुख कार्यकारी अधिकृत भट्टराईले भन्नुभयो, ‘ग्रासरुट फुटबलको विकासको लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसमा साथ दिनुभएकोमा देशकै अग्रणि वित्तिय संस्था एनएमबि बैंकलाई धेरै–धेरै धन्यवाद । हाम्रो सहकार्यले सानै भएपनि नेपाली फुटबलमा खेलाडी उत्पादनको लागि सहयोग पुग्ने विश्वास गरेका छौं ।’ उहाँ अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव पनि हुनुहुन्छ ।
आयोजक कपअन स्पोर्ट्स सेन्टरले प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ वटा विद्यालयका छात्रको टिम एनएमबि–कपअन अन्तर स्कुल यु १४ फुटबल प्रतियोगितामा सहभागि हुने जानकारी गराएको छ । प्रतियोगिता लिगकम नकआउटको आधारमा हुने छ । उपाधि विजेता, द्वितीय, तृतीय हुने टिमसहित प्रतियोगिताकै सर्बोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्बाधिक गोलकर्तालाई पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

Array