सर्वसाधारणलाई डर, धम्की दिई उच्छृङ्खल गतिविधि गरेको आरोपमा जोरपाटीबाट पाँच जनालाई पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं, सर्वसाधारणलाई डर, धम्की दिई उच्छृङ्खल गतिविधि गरेको आरोपमा जोरपाटीबाट पाँच जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मेलम्ची-६, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ३४ वर्षीय श्यामबहादुर लामा, गोकुलगंगा-६, रामेछाप घर भई हाल काठमाडौं जोरपाटी बस्ने २८ वर्षीय विक्की लामा (बाफ्ले), मेलम्ची-१०, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं, कागेश्वरी मनहरा, डाँछी बस्ने ३६ वर्षीय भीमबहादुर बस्नेत, मेलम्ची-१०, सिन्धुपाल्चोक घर भई काठमाडौं, कागेश्वरी मनहरा, मूलपानी बस्ने ३५ वर्षीय गोविन्द गजमेर तथा चौतारा साँगाचोकगढी-१, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ३५ वर्षीय प्रवीण तामाङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

रेग्मीका अनुसार उनीहरूले काठमाडौं उपत्यकाका बौद्ध, जोरपाटी लगायत स्थानमा सर्वसाधारणसँग अनावश्यक विवाद गरी डरत्रास सिर्जना गर्नुका साथै समूहमा गई सर्वसाधारणलाई कुटपिट गर्ने, गैरकानूनी रूपमा रकम माग गर्ने लगायत आपराधिक गतिविधि गर्दै आएका थिए।

पक्राउ परेकाहरूलाई मुलुकी अपराधसंहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसूरमा थप अनुसन्धानका लागि प्रहरी वृत्त, बौद्ध पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array