भ्रष्टाचारको एक काण्डलाई सामसुम पार्न अर्को काण्ड ल्याउने गरिएकोले सुन प्रकरण पनि सामसुम हुने : शेखर कोइराला

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं,  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एक सय किलो सुन प्रकरण सामसुम पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौं शाखाको पदस्थापन समारोहमा कोइरालाले भ्रष्टाचारको एक काण्डलाई सामसुम पार्न अर्को काण्ड ल्याउने गरिएकोले सुन प्रकरण पनि सामसुम हुने बताए । एउटा इस्यु आउँछ त्यसलाइ गर्दागर्दै अर्को इस्यु आउँछ अनि पुरानो इस्यु साइड लागिहाल्छ,कोइरालाले भने । सुन तस्करीमा माथिल्लै तहका व्यक्तिहरू संलग्न रहेको उनको आशंका छ । उनले भ्रष्टाचार र तस्करीका नाइकेहरू छुट्ने तर टिप्पणी उठाउने शाखा अधिकृतहरू जेल पर्ने खालका गतिविधि भइरहेको बताए । टिप्पणी उठाउने शाखा अधिकृतहरू जेलमा हुन्छन् निर्णयकर्ता छुट्छ्न । सुन काण्ड पनि सामसुम हुन्छ । किनकि माथि कोही न कोही इन्भल्व छ, कोइरालाले भने । उनले सुन तस्करीमा संलग्न नेपालीहरू विचौलियाका पनि विचौलिया रहेको कुरा खुलिरहेको बताए । १३ सय टन खपत हुने भारतमा ८ सय टन मात्र आयात गर्दो रहेछ । नेपालीहरू विचौलियाको पनि विचौलिया रहेछन् । नेपालबाट कति सुन गइरहेको होला । त्यसमा को नेपाली इन्भल्वभन्दा पनि नेपालको सुरक्षा नाजुक रहेछ भन्ने देखाउँछ, कोइरालाले भने ।

प्रतिक्रिया दिनुहोस्

Array