नेकपा (एमाले) का सांसदहरुको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित चार दिनपछि बस्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं,। नेकपा (एमाले) का सांसदहरुको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति बनाउन पर्ने माग गर्दै एमालेका सांसदहरुले राष्ट्रिय सभा अवरुद्ध गरेका हुन् ।

एमालेका सांसदहरुले सभा अवरुद्ध गरेसँगै आफ्ना भनाई राख्न राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठलाई समय दिएका थिए । श्रेष्ठले सरकारले सत्यतथ्य छानविनका लागि उच्च स्तरीय समिति बनाएर संसद् राम्रोसँग चल्ने वातावरण बनाउन पर्ने बताए ।

उनले नेपाललाई तस्करहरुको देश बनाउन नहुने बताए । उनले उक्त प्रकरणमा जो कोही भएपनि कारबाहीको दायरामा आउन पर्ने बताए । ‘नेकपा (एमाले) यी सबै पक्षहरुलाई टुलुटुलु हेरेर बस्ने पक्षमा छैन । यी कुराहरुको सत्यतथ्य छानविन होस् । जबसम्म छानविनका लागि उच्चस्तरीय समिति बन्दैन तबसम्म कार्यसूचीमा रहेका विषयहरु अगागि नबढाइयोस् । हाम्रो पार्टीको निर्णय पनि यही हो’– उनले भने ।

त्यसपछि निरन्तर एमाले सांसदहरुले अवरोध गरिरहेपछि अध्यक्ष तिमिल्सिनाले साउन २२ गते अपरान्ह १ बजेर १ मिनेटमा बस्ने गरी बैठक स्थगित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array