अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं,  धनकुटा, धनकुटा नगरपालिका(१ हिलेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३१ वर्षीय राजेश तामाङसमेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पाख्रीबास र प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सिरहा, गोलबजार नगरपालिका(६ शैनिक चोकबाट अवैध लागूऔषध गाँजा २ सय ५० ग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहा नगरपालिका(९ बस्ने ६० वर्षीय भगवानदत ठाकुर र सोही नगरपालिका(१२ बस्ने ५२ वर्षीय रामअशिष ठाकुर रहेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले प्र।२(०१(००२ प ६००० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
सप्तरी, सुरुङ्गा नगरपालिका(४ कदमाहा चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४८ एम्पुल, बुप्रेनोर्फिन ४७ एम्पुल र फेनारगन ४७ एम्पुलसहित उदयपुर त्रियुगा नगरपालिका(११ बरुवाटार बस्ने १९ वर्षीय बिशाल राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कडोरवनाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array