डेंगु रोगको महामारी : कोशी प्रदेशको धरान र आसपासमा हालसम्म दर्जनौंको ज्यान गैसकेको र सयौंको संख्यामा नागरिक सिकिस्त विरामी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

कोशी , डेंगु रोगको महामारीका कारण मुलुकको पूर्वी भू–भाग, विशेष गरेर कोशी प्रदेशको धरान र आसपासमा हालसम्म दर्जनौंको ज्यान गैसकेको छ । उक्त रोगको संक्रमणका कारण सयौंको संख्यामा नागरिक सिकिस्त विरामी परेका छन् । रोग फैलिने क्रम रोकिएको छैन । समाजमा यसको त्रास फैलिएको छ । अतः सो सम्बन्धमा विरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिनका साथै दिगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण
गराउँदछ ।

साथै, सेवामा जुटेका स्थानीय सरकार, स्वास्थ्यसँग सम्वद्ध संघ संस्था एवं प्रतिष्ठानलाई थप जिम्मेवारपूर्वक कार्य गर्न हार्दिक अपिल गर्दै रोगबाट प्रभावित व्यक्ति, परिवार र समुदायका लागि मानवीय सेवामा जुट्न नेपाली कांग्रेसका स्थानीय नेता एवं पार्टी सदस्यहरुलाई नेपाली कांग्रेस आह्वान गर्दछ ।

महामारीबाट प्रभावितहरुको शीघ्र स्वास्थ्यलाभको नेपाली कांग्रेस कामना गर्दछ । महामारीबाट ज्यान गुमाएका व्यक्तिहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्र्दै दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ उहाँहरुका शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस गहिरो समवेदना प्रकट गर्दछ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array