अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ श्रावण २०८०, शुक्रबार
3 Min Read
Aa

काठमाडौं, १९ साउन
मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१५ बाट अवैध लागूऔषध गाँजा करिब ६ केजी ५ सय ग्रामसहित सिन्धुली हरियरपुर गाउँपालिका(३ बस्ने ३० वर्षीय बुद्ध बहादुर भोलन समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा।४ ख २१९१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका(७ बस्ने २१ वर्षीय रबि रानालाई ८ सय ९० मिलिग्राम तथा सोही उपमहानगरपालिका(१७ बस्ने १८ र १७ वर्षीय किशोरलाई करिब ३ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कनरी र सशस्त्र प्रहरी बल फुलवारीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई धनगढी उपमहानगरपालिका(१४ बाट पक्राउ गरेको हो । साथै ती २ जना किशोरले प्रयोग गरेको सु।प।प्र।०१००९ प ६०५९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
काठमाडौं,  बाँके, बैजनाथ गाउँपालिका(४ बानियाभारबाट अवैध लागूऔषध खैरो हेरोईन १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष वलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका(१९ बिराटचोक जाने बाटोबाट अवैध लागूऔषध जस्तो देखिने सेतो वस्तु करिब ६० ग्रामसहित सोही महानगरपालिका(१२ बस्ने २२ वर्षीय राज राय समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरूबीच लागूऔषध लेनदेन सम्बन्धी झै(झगडा भइरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी घिनाघाटबाट खटिएको प्रहरीले उक्त वस्तुसहित उनीहरूलाई पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका(२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ५० मिलिग्रामसहित सोही गाउँपालिका(९ बस्ने २३ वर्षीय भैरवनाथ योगी, बासगढी नगरपालिका(१ बस्ने २२ वर्षीय सागर कामी समेत ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ २ वटा साइकलमा आएका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका(१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ८० मिलिग्रामसहित कृष्णपुर नगरपालिका(४ बस्ने २१ वर्षीय रितिक थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलडाँडी र सशस्त्र प्रहरी बलसमेतको संयुक्त टोलीले जाँच गर्ने क्रममा से।२ प ८४७८ नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल छाडी फरार भएको र मोटरसाइकलमा सवार थापाको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुनसरी, ईटहरी उपहानगरपालिका(६ स्थित आर्या होटलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित होटलका संचालक सोही उपमहानगरपालिका(२ घर भएका ४० वर्षीय सुनिल चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी चौधरीलाई पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array