दीपक र सुष्मालाई हाम्रो खेलकुद वर्ष उत्कृष्ट खेलाडी अवार्ड

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० श्रावण २०८०, शनिबार
2 Min Read
Aa

दीपक सुष्मालाई हाम्रो खेलकुद वर्ष उत्कृष्ट खेलाडी अवार्ड

काठमाडौं – धावक दीपक अधिकारी र बक्सर सुष्मा तामाङले हाम्रो खेलकुद वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । नेपालको नम्बर वान् खेलकुद अनलाइन पोर्टल हाम्रो खेलकुदले आफ्नो आठौं वार्षिक उत्सवको अवसर पारेर वर्ष उत्कृष्ट पुरुष र महिला खेलाडी सम्मानित गरेको हो ।

काठमाडौं,  वर्ष महिलातर्फ खेलाडी बक्सर सुष्मा तामाङ र पुरुषतर्फको उपाधि दीपक अधिकारीले जितेका हुन् । यी दुबैले नगद समान २५ हजार र ट्रफी प्राप्त गरेका छन् । सुष्मा भने १९ औं एसियाली खेलकुदको तयारीको कारण देश बाहिर हुँदा उनका बुबा सानु तामाङले उक्त अवार्ड ग्रहण गरेका थिए ।

नेपालका दीपक अधिकारीले गत फागुनमा नेपालमा सम्पन्न १६ औं एसियन क्रस कन्ट्रीको सिनियर पुरुष १० किलोमिटर एतिहासिक स्वर्ण पदक जितेका थिए ।

एसियाली स्तरको यो प्रतियोगितामा नेपालले सिनियरमा स्वर्ण पदक जितेको यो पहिलो पटक थियो । उता सुष्माले थाइल्यान्डमा सम्पन्न एएसबिसी यू २२ एसियन बक्सिङ च्याम्पियनसिपको न्युनतम ४५ देखि ४८ केजी तौल समूहमा रजत पदक जितेकी थिइन् ।

नेपाली बक्सिङको इतिहासमा सुष्मा फाइनलमा पुग्नु नै हालसम्मको सबैभन्दा ठुलो उपलब्धि थियो । एसियाली च्याम्पियनसिपमा नेपालले रजत पदक जितेको यो पहिलो पटक थियो ।

गत वर्ष हाम्रो खेलकुदले ७ सर्वकालिन खेलाडीलाई सम्मानित गरेको थियो । ७ सर्वकालिन सम्मानमा क्रिकेटका पूर्वकप्तान पारस खड्का, साफ खेलकुदमा ४ स्वर्ण जित्ने ओलम्प्यिन तेक्वान्दोका दिपक विष्ट, संगीना बैद्य, फुटबलका राजुकाजी शाक्य, खेलकुदको ज्यूँदो इतिहासका नायक बैकुण्ठ मानन्धर, आधुनिक नेपाली खेलकुदको पिता जितबहादुर केसी र कान्छी ओलम्पियन गौरिका सिंहलाई सम्मान गरेको थियो ।

हाम्रो खेलकुदले आठौं वर्षको अवसरमा आफ्नो साइटको लोगो र डिजाइन पनि परिवर्तन गरेको हो । हाम्रो खेलकुदले यसअघिनै आफ्नो एप्स सार्वजनिक गरेको थियो । आजैबाट खेलकुदको पोडकास्ट हाम्रो खेलकास्टको सुरुवात पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array