बानेश्वरमा महिला आदर्श सेवा केन्द्रले ४० वर्ष भोग गरिरहेको जग्गा वडा कार्यालयलाई फिर्ता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ श्रावण २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं , काठमाडौं महानगरपालिका वडा नं. १० बानेश्वरमा महिला आदर्श सेवा केन्द्रले भोग गरिरहेको जग्गा वडा कार्यालयलाई फिर्ता गरेको छ । शुक्रबार भवन परिसरमा आयोजना गरिएको जग्गा हस्तान्तरण तथा पत्रकार सम्मेलनमा केन्द्रकी पूर्व अध्यक्ष सूर्यकुमारी श्रेष्ठले वडा १० का अध्यक्ष एवं महानगरको सामाजिक समितिका संयोजक रामकुमार के. सी. लाई जग्गा सम्बन्धी फाइल हस्तान्तरण गरेकी हुन् ।

फाइल ग्रहण गर्दै वडाध्यक्ष के. सी.ले उक्त स्थानमा पार्क निर्माणका लागि वडाले विस्तृत परियोजना प्रतिवेदन तयार पारिसकेको जानकारी दिए । ‘यहाँ पार्क बनाउन करिब ५० लाख रुपैयाँ विनियोजन भइसकेको छ । यसलाई सबैले मेरा लागि हो भन्ने महसुस हुने गरी पार्क बनाउनेछौँ ।’ सार्वजनिक जग्गा संरक्षण र उपयोगका विषयलाई महानगरले प्राथमिक योजनामा राखेको बताउँदै वडाध्यक्ष के. सी.ले भने,  ‘वडाले सार्वजनिक जग्गा व्यक्तिगत लाभमा दिन त परै जाओस्, यस विषयमा कल्पना पनि गर्दैन । यति गर्दागर्दै पनि हामी गलत सूचनाबाट शिकार भएका छौँ । मेरो आग्रह छ, सूचना लिँदा दिँदा लहडलाई होइन, सत्यतालाई पछ्याउनुपर्छ ।’
त्यस क्रममा केन्द्रकी पूर्वअध्यक्ष श्रेष्ठले वडाको निर्णयबाट ४० बर्षअघि प्राप्त गरेको जग्गा वडालाई नै फिर्ता गरेकामा खुशी लागेको बताइन् । ‘जग्गामा भएको भवन र सेवालाई व्यवस्थापन गर्न वडाबाट केही म्याद प्राप्त हुने आशा गरेका छौँ,’ उनको भनाइ थियो ।
यस जग्गामा केदारेश्वर महादेव मन्दिर छ । वडा सदस्य सतिश तण्डुृकारका अनुसार भएको जग्गामध्ये केही जग्गा सडक परेको छ । सडक निर्माण गर्दा मन्दिर केही भित्र सारिएको थियो । अहिले करिब १ रोपनी जग्गा बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

Array