तारकेश्वरमा पहिरोले घर बगाँउदा बाबु–छोरीको मृत्यु, आमा र छोरा घाइते, नगरपालिकाद्धारा दुःख व्यक्त

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ श्रावण २०८०, आईतवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । काठमाण्डौंको तारकेश्वर नगरपालिका वडा नं ३ स्थीत चो गाँउमा गएराती पहिरोले घर बगाँउदा दुई जनाको मृत्यु भएको छ । पहिरोमा परि दुई जना घाइते भएका छन् ।
तारकेश्वर नगरपालिका वडा नं ३ र ५ को सिमानामा रहेको चो गाउँ स्थीत गणेश तामाङ सहित उनको परिवारहरु बस्दै आएको कच्ची घरलाई पहिरोले बगाएको हो । नुवाकोटको बिदुर नगरपालिका १३ कल्याणपुर घर भएका तामाङ परिबार बस्दै आएको सो घर उनिहरुको आफ्न्ताको रहेको तारकेश्वर नगरपालिका वडा नं ३ का अध्यक्ष परशुराम अर्यालले बताउनुभयो । करिब ३ सय मिटर माथीबाट आएको पहिरोले घर बगाँउदा करिब ४१ बर्षी गणेश तामाङ र उनकी छोरी आस्मा तामाङको मृत्यु भएको छ । पहिरोले गणेशको घटना स्थलमानै र उनकी छोरी आस्माको भने उपचारको क्रममा अस्पतालमा निधन भएको हो । गणेशकी १६ बर्षीय छोरी आस्माले हालै मात्र एस.इ.ई उत्रिण गरेकी हुन् ।
पहिरोमा परी गणेशकी श्रीमती सञ्जु तामाङ र छोरा घाइते भएका छन् । घाइते दुवैको त्रि.वि.वि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पहिरोमा परि घाइते भएकाहरुलाई तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले गएरातीनै आस्पतालमा पुगेर स्वास्थ्य लाभको कामना गर्नुभएको छ । नगरप्रमुख महर्जनले पहिरोमा परी मृत्यु भएका गणेश र उनकी छोरीको आत्माको चिर शान्तिको कामना समेत गर्नुभयो ।

No description available.
यसै बिच तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, तारकेश्वर नगरपालिका वडा नं ३ र ५ का अध्यक्षहरु परशुराम अर्याल, सम्भु फुंयाल सहित तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिहरुले घटना स्थल पुगेर निरिक्षण गर्नुभएको छ । आज विहान उहाँहरु घटना स्थलमा पुगेर पहिरो र त्यहाँको अवस्थाको बारेमा जानकारी लिनुभयो । सो अवसरमा उपप्रमुख सहितको टोलीले घटनामा परी मृत्यु भएकाहरु प्रति दुख व्यक्त गदै घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभयो ।

No description available.

df

प्रतिक्रिया दिनुहोस्

Array