वर्षातका कारण बाटो विग्रेकोले स्थानीयलाई सुविधा दिनको लागि निःशुल्क टिप्पर सञ्चालन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

 वीरेन्द्रनगर,  चौकुने गाउँपालिकाले स्थानीयलाई टिप्परबाट कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरसम्म पुर्याएको छ । गाउँपालिकाले शनिबारदेखी आफ्नो टिप्परबाट स्थानीयलाई वीरेन्द्रनगरसम्म पूर्याएको हो ।  विगत ४२ दिनदेखी यातायात व्यावसायीले बस सेवा संचालन नगरेकाले टिप्परमा आफै बसेर नागरिकलाई वीरेन्द्रनगरसम्म पुर्‍याएको गाउँपालिकाका अध्यक्ष खड्क विकले बताए । ४२ दिनदेखि पालिकामा सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा नआएको र सुर्खेत जिल्लाको सवारी यातायात सञ्चालन गर्ने संयुक्त यातायात व्यवसायी संघलाई यस विषयमा पटक पटक जानकारी गराएको उनले बताए ।

वर्षातका कारण विग्रेको बाटो गाउँपालिकाद्वारा मर्मत सम्भार गरेको तथा यातायात सञ्चालनमा आएपछि बाटो बिग्रेको खण्डमा गाउँपालिकाले मर्मत सम्भार गर्ने भनी पटक–पटक जानकारी गराउँदासमेत यातायातका साधन सञ्चालनमा नआएको उनले गुनासो गरे ।

त्यसैले स्थानीयलाई असुविधा गरेकाले गाउँपालिकाको टिप्परमार्फत सवारी ओसारपसार थालेको उनले बताए । चौकुनेका नागरिकले वीरेन्द्रनगर पुग्न एक सय किलोमिटरको यात्रा गर्नुपर्छ । गाउँपालिकाले बिजौरा र गुटु देखि वीरेन्द्रनगरसम्म निःशुल्क टिप्पर सञ्चालन गरेको हो । आईतबारबाट लगामदेखि वीरेन्द्रनगरसम्म टिप्परमा निशुल्क यात्रा गराउने गाउँपालिकाले जनाएको छ । palikakhabar

प्रतिक्रिया दिनुहोस्

Array