सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नु जरुरी : सांसद उदयशमशेर राणा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ श्रावण २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं,  नेपाली कांग्रेसका नेता एवं सांसद उदयशमशेर राणाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नु जरुरी रहेको औंल्याएका छन् ।
‘सुन तस्करी पञ्चायतकालदेखि सुन्दै आएको कुरा हो । ५० वर्षयता नेपाल गोल्ड स्मग्लिङको हेभन नै बन्यो । अहिले पनि एयरपोर्टका कर्मचारीदेखि राजनीतिक व्यक्तिहरुको संलग्नता देखिएको छ । तर सरकार उच्चस्तरीय छानबिन समिति बनाउन मानिरहेको छैन । तर नेपाली कांग्रेसको सांसद र केन्द्रीय सदस्यको नाताले म उच्चस्तरीय छानबिन समिति जरुरी देख्छु,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता राणाले सर्वोच्च अदालतको पूर्वन्यायाधीशको नेतृत्वमा पूर्व प्रहरी, राजस्व अनुसन्धान, भन्सारको प्रतिनिधि रहेको उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने पनि बताए । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यसमा सहमत नभए पनि आफ्नो कुरा राख्ने बताए । उनले भने, ‘कतिपय नेसनल इस्युमा पार्टी सभापतिसँग मेरा कुरा नमिल्न सक्छन् । पार्टीले भनेकै ठाउँमा ल्याप्चे लगाउनुपर्छ भन्ने छैन । सांसद र केन्द्रीय सदस्यका नाताले म बोल्ने अधिकार राख्छु ।’
यसपटक कांग्रेस किन गाउँ पस्यो भन्ने पत्रकार धमलाको प्रश्नमा नेता राणाले भने, ‘कांग्रेस यसपटक होइन पटकपटक गाउँ पसेको छ । यो जनताको सेन्टिमेन्ट बुझ्ने सामान्य कार्यक्रम हो । हामी विभिन्न नाम र नारा दिएर गाउँ पसिरहेकै छौं । हामी सहरमा मस्ती गरेर बस्ने भएको भए कांग्रेस ठूलो पार्टी बन्दैनथ्यो ।’

अर्को प्रसंगमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको टेलिफोन संवादको सराहना गरे । मधेस प्रदेशमा पानी नपरेको दोष मुख्यमन्त्रीको टाउकोमा हाल्न नमिल्ने पनि राणाले बताए ।

repoters club

प्रतिक्रिया दिनुहोस्

Array