आज देशैभर दिनभर जसो वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ, आज देशैभर दिनभर जसो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली  रहने जनाएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस र  लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागको भनाइ छ ।

अहिले नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपाल नजिक रहेको विभागले विज्ञप्ति मार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array