उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद् नियमित काममा प्रवेश गर्दैन : सांसद सूर्य थापा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं,  नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले आज संसद् खुल्ने वा नखुल्ने सत्तापक्षको व्यवहारमा निर्भर हुने बताएका छन् । ‘हाम्रो बटमलाइन स्पष्ट छ । सरकारले उच्चस्तरीय छानबिन समिति गठनको घोषणा गरे निर्धारित समयमै संसद्को बैठक बस्छ । प्रतिपक्षको मागलाई अनादर गर् यो भने किन्तु परन्तु गर्ने कुरै छैन । आज दिउँसो १ बजे संसद् खुल्ने वा नखुल्ने सत्तापक्षको व्यवहारमा निर्भर हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने । नेता थापाले राजस्व अनुसन्धान विभागले अन्तर्राष्ट्रिय संगठित अपराध हो भनेर सीआईबीलाई कागजपत्र बुझाएपछि उच्चस्तरीय छानबिन समिति गठनको औचित्य झन् पुष्टि भएको दाबी समेत गरे । उनले भने, ‘जता सारे पनि त्यसले उचित छानबिन गर्न सक्दैन । यसमा नेपाल प्रहरी र भन्सारका अधिकारीको संलग्नता र भूमिकामा प्रश्न उठ्यो । डीआईजी र भन्सार प्रमुख एकै दिन किन बिदामा बसे ? गृहमन्त्री यसको जवाफ दिन किन उदासीन र बेखबर हुनुभयो ? त्यसैले उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद् नियमित काममा प्रवेश गर्दैन ।’ सांसद थापाले सदनमा मुलुकका ज्वलन्त कुरा उठाउन एमालेले नरोकेको दाबी पनि गरे ।

Reporters Nepal

प्रतिक्रिया दिनुहोस्

Array