अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १८ जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ श्रावण २०८०, सोमबार
3 Min Read
Aa

काठमाडौं,  बारा, जितपुरसिमरा उपमहानगहरपालिका-२२ स्थित २ नम्बर जंगलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५७ केजीसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१ बस्ने ३९ वर्षीय रोशन नेगीसमेत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको भैसेबाट बा.११ च ४९९२ नम्बरको स्कारपियोमा ६ वटा पोका बनाई ल्याएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले नेगीलाई उक्त गाँजा र स्कारपियोसहित पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा गाँजा ओसारपसारमा संलग्न अन्य ४ जना भारतीय नागरिक र २ जना नेपाली नागरिकलाई बीआर ०५ जी ८६५६ नम्बरको भारतीय पिकअप र बीआर ०५ ए जेड ८९६१ नम्बरको भारतीय मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-५ देउरालीबाट अवैध लागूऔषध गाँजा ३ किलो ४ सय ग्रामसहित भारत फार्विसगंज-१२ बस्ने ३० वर्षीयको गुद्दु साहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरीले बीआर ३८ एन ५२२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो  ।

            काठमाडौं, तारकेश्‍वर नगरपालिका-३ तिनपिप्लेबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ४ सय ग्रामसहित सोही नगरपालिका-५ गोलढुङ्गा बस्ने २५ वर्षीय जक्सन महर्जन समेत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट तिनपिप्लेबाट खटिएको प्रहरीले बा.२ ख ३०२२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

             कैलाली, गौरीगंगा नगरपालिका-८ बढैपुरबाट अवैध लागूऔषध खेरो हेरोईन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय खगेन्द्र बाठामगर समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

            दार्चुला, शैल्यशिखर नगरपालिका-३ कर्कलेबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ६ किलो १ सय ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महाकाली नगरपालिका-४ खलंगा बस्ने ६६ वर्षीय मान सिंह ठगुन्ना र नौगाड गाउँपालिका-४ सिप्टी मलमटे बस्ने ७० वर्षीय गौर सिंह ठगुन्ना रहेका छन् । ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array