प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन : प्रधानमन्त्री

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ श्रावण २०८०, मंगलवार
0 Min Read
Aa

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।

मङ्गलवार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठुलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिनुभएको हो।

प्रधानमन्त्रीले उद्धार, राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुन निर्देशन दिनुभएको हो।

प्रतिक्रिया दिनुहोस्

Array