प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित , अर्को बैठक शुक्रबार बस्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

 काठमाडौ, प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले बुधबारका निर्धारित कार्यक्रमहरु सूचीबाट हटाएर शुक्रबार दिउँसो २ बजेसम्मका लागि बैठक स्थगितको सुचना सुनाएका हुन। एमालेले स‌सद सुरु हुने बित्तिकै सुन प्रकरण छानबिन गर्न समिति गठन गर्नुपर्ने माग राख्दै नाराबाजी सुरु गरेको थियो।एमालले १४ दिनदेखि उच्चस्तरीय समिति गठनको माग गरिरहेको छ। आज पनि संसद सुरु हुनै लाग्दा त्यही माग दोहोराएर संसद अवरुद्घ गरेको हो। एमालेका सांसदहरुले सुशासन कायम गरे, तस्करहरुलाई कारवाही गर, उच्च स्तरीय छानबिन समिति गठन गरलगायतका नारा लगाएका थिए। सभामुख देवराज घिमिरेले भने बसेर सदन सुचारू गर्न दिन अनुरोध गर्दा पनि एमालेका स‌ासदहरु नरोकिएपछि सभामुख घिमिरेले स‌सद स्थगित गरेका हुन।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array