रिटर्नी माइग्रेट नेपालको छैठौ स्थापना दिवस भव्यताका साथ् सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ श्रावण २०८०, बिहीबार
4 Min Read
Aa

 काठमाडौं । वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको संस्था रिटर्नी माइग्रेट नेपालको छैठौ स्थापना दिवस काठमाडौंमा सम्पन्न भएको छ। मंगलबार काठमाडौंको धुम्बाराहीमा रहेको लर्ड पार्टी भेन्युमा भएको रिटर्नी माइग्रेट नेपालको स्थापना दिवसको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भण्डारीले छैठौ स्थापना दिवसको अवसरमा बधाई तथा शुभकामना दिएका छन्। उनले बिदेशमा सिकेको ज्ञान, सिप र कमाएको पुँजीलाई राष्ट्र निर्माणमा लगाउनु पर्नेमा जोड दिदै स्वदेशमा नै केहि गर्नु पर्छ भनेर लागेकालाई राज्यले पनि सहयोग गर्ने बताए । No description available.उनले राष्ट्र निर्माणको महाअभियानमा रिटर्नीजहरुको साथ आवश्यक पर्ने बताए । कार्यक्रममा रिटर्नी माइग्रेट नेपालका उपाध्यक्ष ऋषि बस्यालले स्वागत मन्तव्य राखेका थिए। त्यसैगरी उक्त स्थापना दिवसको अवसरमा अतिथिहरुको रुपमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डिपी अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही, राष्ट्रिय यूवा परिषदका कार्यकारी उपाध्याक्ष सुरेन्द्र बस्नेत, माधव ढुंगेल, सामाजिक अभियान्ता प्राध्यापक डा.सुरेन्द्र केसी, युवा अभियान्ता हिमाल शर्मा, पूर्व राजदुत रमेश प्रसाद खनाल, मुकुन्द मनी खनाल,लोक गायिका सत्यकला राई लगायत अन्य विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने बक्ताहरुले स्थापना दिवसको अवसरमा बधाई तथा शुभकामना दिंदै देशको सामाजिक, आर्थिक र राजनीकि क्षेत्रमा रिटर्नीहरुले ठुलो योगदान दिने बताएका छन्। उनीहरुले देशको अर्थतन्त्रलाई चलायमान बनाउनुको अतिरिक्त शिक्षा, स्वास्थ्य, जीवनस्तर तथा शहरीकरणको विकास जस्ता संवृद्धिका सूचांक बृद्धिमा रिटर्नीहरुले ठुलो भूमिका खेलेको स्मरण समेत गरेका थिए। त्यसैगरी रिटर्नी फेडेरेसन का अध्यक्ष उत्तम अधिकारी रिटर्नी सेन्टर नेपालका महासचिव भीम लकान्त्री लगायतले शुभकामना मन्तव्य राखेका थिए। उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष लक्ष्मी प्रसाद आचार्यले गरेका थिए भने कार्यक्रम संचालन महासचिव कृष्ण कुमार न्यौपानेले गरेका थिए । आचार्यले कार्यक्रममा बोल्दै वैदेशिक रोजगारबाट स्वदेश फर्केका नेपालीले आर्जन गरेको पूँजी, ज्ञान र सिपलाई स्वदेशमा उपयोग गर्ने उद्देश्यले ‘रिटर्नी माइग्रेन्ट नेपाल’ स्थापना गरिएको र आज छैठौ स्थापना दिवस मनाउन पाउनु गर्वको कुरा भएको बताए। उनले संस्थालाई यो उचाईसम्म भूमिका खेल्ने सबैप्रति धन्यवाद ब्यक्त गरे। उनले विभिन्न सङ्घ संस्थासँग समन्वय गरी वैदेशिक रोजगारीबाट फर्किएका नेपालीका सामाजिक हित संरक्षणको क्षेत्रमा कार्य गर्ने प्रतिबद्ध रहेको बताए । No description available.आचार्यले देश विकासको मूलप्रवाहमा प्रवासी नेपालीहरुलाई जोड्ने अवसरको रुपमा रिटर्नी माइग्रेन्ट नेपाल नामक संस्था २०७५ सालमा स्थापना भएको जानकारी गराए। “ प्रवासबाट आर्जित सीप, ज्ञान र पुँजी स्वदेशको लागि ” भन्ने मूल नाराका साथ बैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपालीहरुले स्थापना गरेको संस्थाले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड संगको सहकार्यमा बैदेशिक रोजगारबाट फर्केका एक हजार भन्दा बढि लाई वित्तीय साक्षरता सम्बन्धि तालिम समेत दिइसकेको छ। कार्यक्रममा रिटर्नी माइग्रेंट नेपालका कार्यसमिति सदस्यहरु, आजीवन सदस्यहरु र जिल्ला प्रतिनीधहरु, प्रदेश संयोजक तथा अध्यक्षहरुको सहभागिता रहेको थियो। कार्यक्रममा धन्यवाद मन्तव्य उपाध्यक्ष सिता बस्यालले राखेकी थिइन। देश विकासमा ती श्रमिकलाई आबद्ध गरी विभिन्न उत्पादनशील क्षेत्रमा सामूहिक लगानी गरी रोजगारी सिर्जना गर्ने रिटर्नी माइग्रेट नेपालको योजना छ । पुनः विदेश नफर्कने गरी स्वदेश फर्किएका श्रमिकको तथ्याङ्क संकलन गरी उनीहरुलाई परियोजनामार्फत क्रियाशील गरेर मुलुकको समृद्धिमा उपयोग गरिने र प्रवासी श्रमिक सँग सेवा प्रदायक क्षेत्रको अनुभव धेरै भएको हुँदा पर्यटन, ऊर्जा, व्यापारलगायत क्षेत्रमा उनीहरुको पूँजीलाई प्रयोग गरिने रिटर्नी माइग्रेन्ट नेपालले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

Array