खोला मिचेर संरचना बनाउनेहरूले मात्रै महानगरको विरोध गरिरहे , स्थानीयबासी महानगरकै पक्षमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ , काठमाडौँ महानगरपालिका–१० र बुढानीलकण्ठ नगरपालिका–७ को सीमानामा रहेको सात तले चोक नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछाडी खोला मिचेको पाइएकाले महानगर सो स्थानको संरचना भत्काउन पुगेको थियो । तनाव उत्पन्न भएपछि नेपाल प्रहरीले महानगरपालिकाका डोजर चालकबाट डोजरको चाबी खोसेको स्थानीयहरूको भनाइ छ । उनीहरूले महानगरले गरेको काम राम्रो भएको र खहरे खोला मिचेर बनाइएका संरचनाहरू भत्काउनुपर्ने धारणा राखेका छन् ।यता बुढानीलकण्ठ नगरपालिका–१० का अध्यक्ष नवराज भट्टराईले बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिलाई के गरिँदैछ भन्नेकुरा थाहा नदिई काठमाडौँ महानगरपालिका दलबलसहित फिल्डमा आएको बताउनुभयो । उहाँले चोर बाटोबाट गरिएको निर्णयलाई आत्मसाथ गर्न नसकिने गुनासो गर्नुभयो । त्यस्तै, काठमाडौँ महानगरपालिकाका महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेयर बालेन्द्र साहको खहरे खोला मिचेर बनाएका संरचना भत्काउने आदेश रहेकाले भत्काएरै छोड्ने बताउनुभयो । उहाँले बुढानीलकण्ठ नगरपालिकाले स्पष्ट हुँदाहुँदै पनि निहुँ खोजेको बताउनुभयो ।

स्थानीयहरूले भने बुढानीलकण्ठ नगरपालिकाले खहरे खोलाको संरचना मिचेर घरहरू बनाउन दिएकाले भत्काउनुपर्ने बताएका छन् । मिचेर बनाइएका संरचना नभत्काएसम्म बाढी र डुबानको समस्या समाधान हुन नसक्ने उहाँको भनाइ छ । भूमाफियाका कारण अहिलेको समस्या सिर्जना भएको भन्दै महानगरले चालेको कदम सही रहेको उहाँहरूको भनाइ छ । खोला मिचेर संरचना बनाउनेहरूले मात्रै महानगरको विरोध गरिरहेको बताउनुभयो । बालबालिकालाई विद्यालय लैजान र

प्रतिक्रिया दिनुहोस्

Array