युवासंघको जिल्ला अधिवेशनमा कुटपिट, वडाध्यक्ष घाइते

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

कञ्चनपुर — नेकपा एमालेको भ्रातृ संगनठन युवासंघ कञ्चनपुरको जिल्ला अधिवेशनमा कार्यकर्ताहरूबीच विवादको क्रममा भीमदत्त नगरपालिका १८ का वडाध्यक्षमाथि कुटपिट भएको छ ।

शनिबार दिउँसो भएको विवाद चर्किएपछि अध्यक्ष रविन्द्र देवकोटामाथि हातपात हुँदा उनी घाइते भएका हुन् ।अध्यक्ष देवकोटाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डांगीका अनुसार देवकोटालाई महाकाली प्रादेशिक अस्पतालले धनगढी रिफर गरेको छ ।अध्यक्ष देवकोटामाथि हातपात गर्नेविरुद्ध उनकी श्रीमतीले जाहेरी दिएकी छन् । शनिबार भएका कारण जाहेरी दर्ता हुन नसकेको डीएसपी डांगीले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array