श्रीमतीलाई  मारेर सुँगुरको खोरभित्र गाडेर फरार भएकाराजकुमार श्रेष्ठ पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

लीलाराज खड्का

बिर्तामोड,  श्रीमतीलाई  मारेर सुँगुरको खोरभित्र गाडेर फरार भएका  तेह्रथुम आठराई गाउँपालिका–१ डाँडागाउँका राजकुमार श्रेष्ठ पक्राउ परेका छन् ।

झापाको काँकडभिट्टाबाट होटेलमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजकुमारले आफ्नी २६ वर्षीया श्रीमती रेशिका श्रेष्ठको हत्या आरोपमा उनलाई काँकडभिट्टा प्रहरीले शनिवार दिउँसो  पक्राउ गरेको हो । काँकडभिट्टाको एउटा होटेलमा लुकीछिपी बसेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजन चापागाईँले बताउनुभयो ।

पक्राउ गरिएका श्रेष्ठलाई  तेह्रथुम लगिने प्रहरीले जनाएको छ । गत साउन १४ गतेदेखि हराइरहेकी श्रेष्ठको शव उनकै पसल पछाडि सुँगुरको खोरमा गाडेको अवस्थामा शनिवार फेला परेको थियो । घटनापछि श्रेष्ठका श्रीमान् राजकुमार साउन २४ गतेदेखि सम्पर्कविहीन थिए । प्रहरीले श्रेष्ठको हत्या श्रीमानबाटै भएको हुनसक्ने भन्दै राजकुमारको खोजी गरिरहेको थियो । श्रेष्ठ दम्पतीका ६ वर्षीया एक छोरी छिन् ।

Gortkhapatra

प्रतिक्रिया दिनुहोस्

Array