म्यानपावर व्यवसायीको ठग्ने धन्दा बदलिँदै , नक्कली कागजातका आधारमा श्रम स्वीकृति

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ श्रावण २०८०, सोमबार
4 Min Read
Aa

काठमाडौं, वैदेशिक रोजगारीमा यूरोपीयन मुलुक पठाइदिने भन्दै अर्वौ रकम असुलेर २ करोड धरौटी रहेको म्यानपावर रोक्का गरिएको छ । म्।क्त्तग्ब्च्भ्म् न्च्इग्ए एख्त्। ीत्म्।९ल्ब्ख्ब् व्थ्इत्क्ष् ज्।च्। क्इीग्त्क्ष्इल्० ले रोजगारीमा जानेको विचल्ली बनाएको हो । डि स्क्वाएरड गु्रपकी सञ्चालीका देवी माया थापाको नाममा रहेको उक्त म्यानपावर कम्पनीले कम्तीमा एक अर्व रकम उठाएको अनुमान गरिएको छ । थापा वैदेशिक रोजगार व्यवसायी संघकी वर्तमान सदस्य समेत हुन । उनलाई बचाउन वैदेशिक रोजगार व्यवसायी संघ र सिङ्गो राज्य नै लागि परेको छ । तत्कालकोलागि वैदेशिक रोजगार विभागले उक्त म्यानपावर कम्पनीलाई रोक्का राखेको छ ।
सञ्चालक देवी माया थापाले साइप्रस लगायत युरोपका अन्य मुलुकमा वैदेशिक रोजगारीमा पठाउने भन्दै सयौं युवा युवतीसँग जनही सात लाख देखि दस लाख सम्म असुलेको पिडितहरुले जानकारी दिएका छन् । संघकी वर्तमान सदस्य रहेकी थापाको नाममा सिनामङगल पञ्चकुमारी गेटमा रहेको त्बभिलत ःभमष्अब ि७ म्ष्बनलयकतष्अ ऋभलतभच बाट नक्कली मेडिकल बनाइ साइप्रस पठाएको प्रमाणित भएको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालयले अनियमित रकम लिएर नक्कली कागजातका आधारमा श्रम स्वीकृति प्रदान गरेको देखिन्छ ।
वैंक ग्यारेन्टी सहित २ करोडको म्यानपावर कम्पनीले रोजगारीमा जानेसँग अर्वौ रकम असुलेर ठगी गर्दा नियमक निकाय वैदेशिक रोजगार विभागले थापा र उनका आफन्तको नाममा रहेको सम्पत्तीको खोजविन गरेर चल अचल सम्पत्ती रोक्का राखी पिडितलाई न्याय दिलाउने प्रयास गरेको देखिदैन । सात लाख बढी तिरेर साइप्रसबाट मिति २०७९÷०९÷३० मा नेपाल फर्केका पासपोर्ट नम्बर ११४०९६५७ रञ्जन अधिकारीसँग सात लाख पचास हजार बुझाएको सबुद प्रमाण हुँदा हुँदै विभागले ३ लाखको चेक थमाएर मिलापत्र गरायो । सञ्चालिका थापालाई वैदेशिक रोजगार ऐन २०६४ र ०७२ अनुसार कुनै कार्वाही गरिएन । विभागका कर्मचारीको मिलेमतोमा उल्टै रञ्जन अधिकारीलाई उजुरी फिर्ता लिन लगाइयो ।
वैदेशिक रोजगार ऐन २०६४÷०७२ मा उक्त ऐन विपरित कार्य गर्ने जो कोहीलाई या म्यानपावर व्यवसायीहरुलाई सञ्चालकलाई कैद सजायँ,दण्ड जरिवाना र पिडितलाई पुरा क्षतिपूर्ति दिलाउनु पर्ने व्यवस्था भए पनि सबै कानुन घुषमै घुसारिए ।
पासपोर्ट नम्बर ११७३८६५६ विकास मुक्तानलाई सञ्चालिका देवी माया थापाको स्वामित्वमा रहेको स्वास्थ्य संस्था त्बभिलत ःभमष्अब ि७ म्ष्बनलयकतष्अ ऋभलतभच सिनामङ्गल पञ्चकुमारी बाट मेडिकल अनफिट (निरोगिताको प्रमाणपत्र) हुँदा हुँदै नक्कली मेडिकल भिराएर करिब ८ लाख विभिन्न व्यक्तिको नाममा डिपोजिट गर्न लगाई वैदेशिक रोजगारीकोलागि साइप्रस पठाइन । मुक्तान साइप्रस पुगेको तीन दिनकै दिन स्वास्थ्य परिक्षण फेल भएर नेपाल फर्के । संघकी सदस्य समेत रहेकी थापाले उतावाट मेडिकल अनफिट भएर आएकोले क्षतिपूर्ति दिनु नपर्ने अडान राख्दै वैदेशिक रोजगार व्यवसायी संघ,विभाग र मन्त्रालयको धाक लगाउँदै अगाडि बढिन । उनलाई संघका सबै पदाधिकारीको सहयोग र समर्थन छ । त्यति मात्रै होइन विभाग मन्त्रालयले समेत उनलाई बचाएर कार्वाही नगर्ने पक्षमा छ ।
वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको दर्ता नम्बर १५०५ २०७४÷७५ म्।क्त्तग्ब्च्भ्म् न्च्इग्ए एख्त्। ीत्म्।९ल्ब्ख्ब् व्थ्इत्क्ष् ज्।च्। क्इीग्त्क्ष्इल्० ले विगत देखि नै नक्कली कागजातका आधारमा श्रम स्वीकृति निकाल्दै आएको थियो । थापाको कम्पनीमा श्रम प्रतिनिधिको रुपमा रहेका सरास्वती थापा (सरु) र अनिशा खड्का भन्ने विनिता खड्का अहिले लाइसेन्स नम्बर ७०४ त्बभिलत इखभचकभबक क्भचखष्अभ पिङ्लास्थानमा कार्यरत छन् । देवी माया थापाकै योजना वमोजिम उनीहरु अहिले त्बभिलत इखभचकभबक क्भचखष्अभ गएका हुन । एक अर्व ठगेर २ करोडको म्यानपावर बल्क गराउँदा या खारेज गर्दा पनि थापालाई ९८ करोड त चोखै बच्ने देखिन्छ । अहिले म्यानपावर व्यवसायीहरु त्यही बाटो समातेका छन् ।
देवी माया थापाको शेयर रहेको उक्त त्बभिलत इखभचकभबक क्भचखष्अभ मा सञ्चालकको रुपमा दिपक कुमार शाहलाइ देखाइएको छ । अन्तिम श्रम स्वीकृतिको स्टिकर नम्बर ०४६५८५३२९ रहेको छ । मासिक तलव ध्बष्तभच ११८३ तोकिएको छ । जसलाई नक्कली कागजात तयार पारी वैदेशिक रोजगारीमा पठाइएको थियो । विकाश मुक्तानले अहिले वैदेशिक रोजगार विभागमा उजुरी त दिएका छन तर त्यो मुद्दालाई डिसमिस पार्न सिङ्गो वैदेशिक रोजगार व्यवसायी संघ र राजनीतिक तहका उच्च पदस्थ व्यक्तिहरु लागि परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

Array