अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं, मोरङ, विराटनगर महानगरपालिका(१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका(८ बस्ने १९ वर्षीय सबिन विक समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१५ रातोमाटे र सोही उपमहानगरपालिका(१ लोकप्रिय मोडबाट अवैध लागूऔषधसहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बिआर ०५ एच ५११६ नम्बरको बोलेरो गाडीका चालक भारत घर भएका २१ वर्षीय सत्यम कुमार समेत २ जनालाई अवैध लागूऔषध गाँजा करिब ३ केजीसहित रातोमाटेबाट र हेटौंडा उपमहानगरपालिका(१८ हर्नामाणी बस्ने २९ वर्षीय भिम बहादुर घलानलाई उनकै घरबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ६० ग्राम बरामद गरी लोकप्रिय मोडबाट प्रहरीले पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array